१९ कार्तिक २०८३, बिहिबार

देउवाको गृहजिल्लामा पौडेल समूहद्वारा पुनः अधिवेशनको माग

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा भएको वडा अधिवेशन विवादमा आएको छ ।

रामचन्द्र पौडेल समूह डडेल्धुरामा पुनः चुनाव हुनुपर्ने माग गरेको छ । यसै क्रममा पौडेल समूह सानेपा पुगेको छ ।

काँग्रेसको निर्वाचन समितिलाई यसबारे ध्यानाकर्षण गराउन पौडेल महामन्त्री शशांक कोइरालालगायतका नेतासहित सानेपा पुगेका हुन् ।

सो क्रममा महादेवप्रसाद यादव नेतृत्वको निर्वाचन समितिले डडेलधुरामा पुनः चुनाव सम्भव नभएको जवाफ दिएको जनाइएको छ । निर्वाचन समितिले निष्पक्षतामा कडाइ गर्ने बताएको छ ।

नेताहरुले अब बाँकी रहेका जिल्लामा निष्पक्षता कायम गर्न आग्रह गरिएको बताइएको छ ।