१९ कार्तिक २०८३, बिहिबार

१० बुँदे सहमति कार्यान्वयनबाट पछि नहट्ने महासचिव पोखरेलको भनाइ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ भदौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेल पार्टी १० बुँदे सम्झौता कार्यान्वयन गर्नबाट पछि नहट्ने बताएका छन् ।

पार्टीको विवाद समाधानका लागि गठन गरिएको तत्कालीन कार्यदलले गरेको १० बुँदे सहमतिलाई पार्टीले स्वीकार गरिसकेको भन्दै पोखरेलले कार्यन्वयन गर्ने कुरामा किञ्चित् पछि नहट्ने बताएका छन् ।

बिहीबार नेकपा एमाले काठमाडौँ जिल्लाका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘आजको एमाले विकसित र एकता प्रक्रियासहितको एमाले भनेर बुझ्न जरुरी छ । परिवर्तित सन्दर्भको एमाले हो । यसलाई पन्छाएर एमालेको मात्रै कुरा गरियो भने अधुरो हुन्छ ।’

उनले एमाले संविधान र विधिलाई मान्ने भएकाले २०७९ वैशाख १० भित्र दशौँ राष्ट्रिय महाधिवेशन गर्नुपर्ने भएकाले त्यो मान्यतामा अघि बढेको बताए । ‘हामीले यो बोर्डरलाईन उल्लंघन गर्नुहुँदैन, राष्ट्रिय महाधिवेशन गर्न विधान महाधिवेशन गर्नुपर्छ ।’