१९ कार्तिक २०८३, बिहिबार

काठमाडौँ क्षेत्र नं. ५ को क्षेत्रीय सभापतिमा जनकराज श्रेष्ठको दावेदारी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ भदौ । नेपाली काँग्रेस १४ औँ महाधिवेशनमा काठमाडौँ क्षेत्र नं. ५ को क्षेत्रीय समितिको सभापतिमा जनक राज श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

विगत २५ वर्षदेखि कांग्रेसमा सक्रिय श्रेष्ठ पेशाले अधिवक्ता हुन् भने कुनै बेला सफल फुटबल खेलाडी समेत हुन् ।

काँग्रेसका विभिन्न समितिहरुमा सक्रियता प्रस्तुत गरेका श्रेष्ठले क्षेत्रीय समिति र सबै भातृसंगठनलाई चलायमान बनाउने सबैलाई मिलाएर सुदृढ नेपाली कांग्रेस निर्माणमा अहम भुमिका खेल्दै पार्टीका क्रियाशिल, अग्रज, शुभचिन्तकसँग सल्लाह गरेर अगाडी बढेको जनाए ।

निकै सौम्य, मित्रवत् र कुनै लाभ पद ग्रहण नगर्ने स्वच्छ छवि व्यक्तित्वका कारण श्रेष्ठ आफ्नो इलाकामा अभिभावक जतिकै श्रद्धेय छन् अनि बालक देखि वृद्ध सम्म परिचित छन् ।

त्यसैकारण, टोखादेखि काठमांडौँ अफिस अनि पार्टी कार्यालयसम्म श्रेष्ट ओहोर दोहोर गर्दा पाइलै पिच्छे श्रद्धाको अभिवादन पाउने गरेका छन् ।

उनले योगदान र त्यागको सम्मान गर्न भन्दै सबैसँग मत पनि मागिरहेका छन् ।