महेन्द्रनगर, २८ चैत । कञ्चनपुरमा एक बालिकामाथि बलात्कारको प्रयास भएको छ । कञ्चनपुरको झलारी स्थित धर्म जनता मावि स्टेशनपुरमा कक्षा १० मा अध्ययनरत १५ वर्षीय बिमला ठगुन्नालाई दुई युवकले सुनसान बाटोमा रोकेर बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ ।
बालिकामाथि सुनसान ठाउँ भएको स्थानमा झलारीका १८ वर्षीय धिरेन्द्र ठगुन्ना र मुकेश बिष्टले मिलेर जबरजस्ती गर्न खोजेका थिए । उनीहरुले शरीरमा लगाएको लुगा च्यात्नका साथै बिमलाले प्रतिकार गर्न खोज्दा कुटपिट गरेर गम्भीर घाइते बनाएका छन् ।
उनीहरुले घाटी दबाएर मार्न खोजेका बेला सोही बाटो भएर घास काटने महिलाहरु आउन देखेपछि भागेका थिए । ‘घाँस दाउरा गर्न गएका आमाहरु नआएको भए ती पापीहरुले मेरो इज्जत लेटेर मलाई मरिदिन्थे’ ति युवतीले रुँदै भनिन् ।
घाटीमा गम्भीर चोटपटक लागेको र लुगा च्यातिएर अर्धनग्न भएको अबस्थामा रुदै बिमला घर पुगेकी थिइन् । उनको नेपालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको गुडगाउँस्थित संजिवनी हस्पिटल लगिएको छ ।
जबरजस्ती करणी प्रयास मुद्दामा इलाका प्रहरी कार्यालयमा दर्ता भएको थियो । तर, प्रहरीले घटना मिलाउन खाजेको पीडित परिवारको आरोप छ ।
पीडक पक्षले पिडित पक्षलाइ सबै उपचार खर्च बेहोर्ने र पीडितले अन्यायविरुद्ध उजुरी नगर्ने भनि सहमति कागज बनाइएको थियो । तर, अहिले सम्म क्षतिपूर्ति पाएका छैनन् । जबरजस्तीकरणी अन्तर्गको मुद्दामा पनि कारवाही प्रक्रिया अगाडी बढाइएको छैन् ।
इलाका प्रहरी कार्यालय झलारीले मुद्दामा हेलचक्र्याई गरेपछि पीडित परिवारले जिल्ला प्रहरी कार्यालयको शरणमा पुगेका छन् । जबरजस्तीकरणी मु्द्दा दुबै जना युवालाई कडा कारवाही हुनुपर्ने परिवारको माग छ ।















प्रतिक्रिया