२ कार्तिक २०८३, सोमबार

‘टाइगर जिन्दा है ३’ को एउटै गीतको खर्च ३ करोड

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड फिल्म ‘टाइगर जिन्दा है’ सार्वजनिक गर्ने बेला फिल्मका निर्माताले अस्ट्रियाको जमेको तालमा अभिनेत्री कैट्रिनाको सुन्दर चित्र अनावरण गरेका थिए ।

‘टाइगर ३’ फिल्मको चर्चाका लागि पनि यस्तै तरिका अपनाउँदै छ । ‘टाइगर ३’ को छायांकनका क्रममा फिल्मका मुख्य कलाकार सलमान खान र कट्रिना कैफ हाल टर्कीमा छन् ।

बलिउडकै रोमान्टिक जोडीबीच छायांकन हुने गीतको खबर अहिले चर्चामा छ । इन्डिया टाइम्सका अनुसार सलमान र कट्ररिनाबीच बलिउडकै सबैभन्दा महँगो रोमान्टिक गीत छायांकन हुनेछ । तीन करोड भारु खर्च गरिने यो गीत ‘टाइगर जिन्दा है’ को चर्चित गीत ‘स्वाग से स्वागत’ भन्दा हिट हुने अपेक्षा राखिएको छ ।

निर्माता आदित्य चोपडा र निर्देशक मनीष शर्माको फिल्ममा रहने यो गीतलाई लिएर उनीहरुले ठूलो योजना बनाएका छन्। कथाले टाइगर (सलमान) र जोया (कट्रिना) विपक्षीलाई पछ्याउँदै एउटा देशबाट अर्को देश पसेको देखाउनु पर्नेछ ।

खबर अनुसार, यो गीत क्याप्पाडोसियाको सुन्दर लोकेसनमा छायांकन हुनेछ । वैभवी मर्चेंटको कोरियोग्राफी रहने गीतमा प्रीतमको संगीत रहनेछ । यसलाई धेरै रोमान्टिक र महँगा गीतहरूमध्येको एक गीत हुने बताइएको छ ।