१९ कार्तिक २०८३, बिहिबार

रिसिइबीका कारण युवतीले दैलेखमा शिक्षकको हत्या गरेको खुलासा

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ३० भदौ । दैलेखमा शिक्षकको घाँटी रेटेर हत्यामा संलग्न आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले घटनामा संलग्न २५ वर्षीया एक युवतीलाई सार्वजनिक गरेको हो । गुराँस गाउँपालिका–८ छोटेपोखरीकी २५ वर्षीया मुना रानाले व्यक्तिगत रिसिइबीका कारण घाँटी रेटेर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेकी छन् ।

स्थानीय मालिका माध्यमिक विद्यालयमा सामाजिक विषयका ४२ वर्षीय शिक्षक नगेन्द्र कुमार विसीको भदौ २८ गते राति धारिलो वस्तुले घाँटीमा प्रहार गरी हत्या गरेकी प्रहरीले जनाएको छ ।

विसीको सोही विद्यालयको बरण्डामा मंगलबार बिहान ७ बजेतिर शव भेटिएको थियो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको थिए ।

प्रहरीले गरेको अनुसन्धान प्रमाण संकलन आदिबाट ति युवतीले हत्या गरेको र स्वीकार गरेको पनि जनाएको छ ।