१९ कार्तिक २०८३, बिहिबार

पोखरा महानगरमा असोज १ देखि भौतिक रुपमा विद्यालय खुल्ने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, ३० भदौ । कोरोना महामारीका कारण लामो समय बन्द भएका पोखरा महानगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालयहरु असोज १ गतेदेखि खुल्ने भएका छन् ।

असोज १ देखि भौतिक रुपमै विद्यालयका कक्षा सञ्चालन गर्न लागिएको पोखरा महानगरपालिका नगर शिक्षा समितको बैठकले निर्णय गरेको छ ।

पोखरा महानगरपालिकाले महानगर अन्तर्गतका सम्पूर्ण विद्यालय, पूर्व प्राथमिक विद्यालय, कोचिङ तथा ट्युसन सेन्टर र भाषा प्रशिक्षण लगायतका कक्षा सञ्चालन गर्ने पाउने निर्णय गरेको हो । यद्यपि सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न निर्णय गरिएको हो ।