
काठमाडौँ, ३० भदौ । आगामी दशैँ, तिहार तथा छठका लागि असोजको पहिलो सातादेखि हवाई टिकटको अग्रिम बुकिङ खुल्ला हुने भएको छ ।
वायुसेवा सञ्चालक संघले भदौदेखि नै अग्रिम टिकट बुकिङ गर्ने गृहकार्य गरे पनि असोजको पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने तयारी गरेको हो ।
यद्यपि सरकारले यस विषयमा कुनै आधिकारिक धारणा नआएको वायुसेवा सञ्चालक संघले जनाएको छ ।












प्रतिक्रिया