
काठमाडौँ, ३० भदौ । नेकपा एमालेले बजेटबारे सरकार गैरजिम्मेवार बनेको जनाएको छ ।
प्रमुख प्रतिपक्षी समेत रहेको एमालेले बजेटजस्तो संवेदनशील विषयमा सरकारले उदासिनता र गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको जनाएको छ ।
वुधबार एमाले महासचिव ईश्वर पोखरलले बजेट पास गर्ने बेलामा सरकार र सभामुखले सदन असोज ४ गतेसम्म बन्द गरेर गैरजिम्मेवारी प्रदर्शन गरेको बताएका छन् ।
‘आफूलाई ईच्छा लागेको विजनेश स्वेच्छाचारी ढंगले अघि बढाउने सरकारले भदौ ३० भित्र बजेट पारित गरिसक्नुपर्ने विषय बिर्सेझैं हाउस असोज ४ गते किन सारियो ? यसको जवाफ यो गैरजिम्मेवार सरकारले दिनुपर्छ’ एमालेले विज्ञप्तिमार्फत भनेको छ, ‘यो, नभएका काम जति सबैको दोष प्रतिपक्षमाथि थोपर्न खोज्ने सुतुरमुर्ग चाल मात्र हो ।’ एमालेले सरकारको यसप्रकारको व्यवहारप्रति खेद व्यक्त गरेको छ ।












प्रतिक्रिया