८ कार्तिक २०८३, आइतबार

महेन्द्र ज्योति माविमा केशर निर्वाचित

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-वि वि श्रेष्ठ

तनहुँ, ३० भदौ । व्यास नगरपालिका वडा नं ६ मा रहेको महेन्द्र ज्योति माध्यामिक विद्यालयको व्यवस्थापन समितीको अध्यक्षमा केशर वहादुर आले निर्वाचित भएका छन् ।

वडाध्यक्ष सुर्यभक्त भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा अध्यक्षको आकांक्षीहरुबीच सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचन मार्फत नेतृत्व चयन गरिएको हो ।

निर्वाचनमा भएको मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित केशर वहादुर आलेले १५१ मत प्राप्त गर्नुभएको थियो भने प्रत्यासीद्वय मेघ प्रसाद नागिलाले ९४ मत र रोम वहादुर विकले २१ मत प्राप्त गरेका थिए । ३६८ कुल मतदाता रहेको मा जम्मा २९३ मत खसेको थियो ।

यसैगरि व्यवस्थापन समितीको सदस्यहरुमा पनि निर्वाचन भएको थियो । निर्वाचनमा सन्तोष केसी, ढक वहादुर विक र मन्जु घिमिरे सदस्यमा चयन भएका छन् ।

विद्यालय व्यवस्थापन समितीमा अध्यक्षसहित ४ जना, मनोनित २ जना, शिक्षक प्रतिनिधी १ जना र १ जना वडा प्रतिनिधी गरि ९ जना रहने व्यवस्था रहेको छ । हाल ५०० जना विद्यार्थी विद्यालयमा अध्ययनरत भएको विद्यालयका प्रधानाध्यापक वुद्धि कुमार श्रेष्ठले जानकारी दिए ।

यसैगरि नवनिर्वाचत अध्यक्ष केशर वहादुर आलेले शैक्षिक क्षेत्र सुधारका लागि आफुले सवैको साथ र सहयोग लिएर अगाडी बढ्ने बताए । निर्वाचनमा जित हार स्वाभाविक प्रक्रिया हो, अब विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागी सवै मिलेर अगाडी बढ्नुपर्ने बताए ।

शिक्षा नै समाज परिवर्तनको जग भएको हुँदा यसको स्त्तरोन्नती र गुणस्तर अभिवृद्धिमा नै भुमिका खेल्ने पनि बताए । यसैगरि कार्यक्रमको प्रमुख अतिथी वडाध्यक्ष सुर्यभक्त भण्डारीले विद्यार्थीको भौतिक तथा शैक्षिक क्षेत्रका विस्तारका लागी आफुले सक्ने भुमिका खेल्ने बताए ।