८ कार्तिक २०८३, आइतबार

सेनाद्वारा हेटौँडामा लामा पक्राउ

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, ३० भदौ । नेपाली सेनाले मकवानपुर जिल्लाको हाँडीखोलाबाट करीव १०४ किलो लागुऔषध गाँजासहित २८ वर्षीय बुद्धबहादुर ब्लोन लामालाई पक्राउ गरेको छ ।

पक्राउ परेका लामा हेटौडा उप–महानगरपालिका–३ हाँडीखोला निवासी हुन् ।

पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको सिद्धिबक्स गणबाट निकुञ्ज प्रशासनका कर्मचारीसहित परिचालन भएको एल.आर.पी. टोलीले लामालाई मंगलबार पक्राउ गरेको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विशेष सूचनाको आधारमा निकुञ्ज कोर ईलाका, भैँसेखोलामा अवैध रुपमा गाँजा लैजादै गरेको अवस्थामा सेनाले लामालाई गाँजा १०३.९२ किलो, मोबाइल सेट २ र झाला २ सहित पक्राउ गरेको थियो ।

लामालाई बरादम भएका सामानसहित पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनलाई बुझाएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।