२ कार्तिक २०८३, सोमबार

‘बेल बटम’ साउदी, कुवेत र कतारमा प्रतिबन्धित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता अक्षय कुमार अभिनित ‘बेल बटम’माथि तीन वटा मुस्लिम देशले प्रतिबन्ध लगाएका छन् । चलचित्रमा तथ्यलाई तोडेर देखाइएको भन्दै साउदी अरब, कुवेत र कतारले प्रदर्शनमा रोक लगाएका हुन् ।

‘चलचित्रमा ऐतिहासिक तथ्यलाई तोडमोड गरिएको भन्दै यी देशहरूले चलचित्र प्रदर्शनमा रोक लगाएका हुन्’, भारतको फिल्म सर्टिफिकेसन अथोरिटीले भनेको छ । यो चलचित्रको कथा सन् १९८४ मा भएको विमान अपहरणको घटनामा आधारित रहेको बताइएको छ । चलचित्रमा मुख्य तथ्यलाई तोडमोड गरिएको यी तीन देशको आरोप छ ।

कोरोना महामारीबीच हलमै प्रदर्शन गरिएको यो चलचित्रको व्यापार भने सन्तोषजनक छैन । १९ सेप्टेम्बरदेखि प्रदर्शनमा आएको चलचित्रले चौथो दिनसम्म १३ करोड ४५ लाख भारुबराबरको व्यापार गरेको छ ।