मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

बलिउड फिल्म ‘उचाइँ’ नेपालमा छायाँकन हुने

दैनिक नेपाल २०७८ भदौ २८ गते १०:२५

काठमाडौं । नेपालमा बलिउड फिल्म छायांकन हुने समाचारले भारतीय मिडियामा विशेष स्थान पाएको छ । बलिउडका चर्चित निर्देशक सुरज बडजात्याको आगामी फिल्म ‘उचाइँ’को छायाँकन नेपालमा गर्ने चर्चा छ ।

मैने प्यार किया, हम आपके है कौन, प्रेम रतन धन पायो जस्ता चर्चित फिल्मका निर्देशकको यो फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, परिनीति चोपडा, नीना गुप्ता, बोमन इरानीजस्ता कलाकार मुख्य भूमिकामा भएकोले पनि यस फिल्मको छायांकनको विषयले महत्व पाएको हो ।

‘उचाइँ’ आगामी अक्टोबर ५ देखि छायांकन हुने गरी तयारी भइरहेको छ। फिल्म टोलीले यसअघि नै नेपालका लुक्ला, नाम्चेजस्ता अग्ला लोकेसन हेरिसकेको बताइएको छ । निर्देशक बडजात्या मुस्ताङमा सुटिङ हुने लोकेसन अवलोकनका लागि नेपालसमेत आउने चर्चा छ ।

‘उचाइँ’ फिल्म क्रुले नेपालमा करिब एक महिना छायांकन गर्ने जनाइएको छ । फिल्मका मुख्य कलाकारहरू छायांकनका लागि नेपाल आए पनि स्वास्थ्यका कारण अभिनेता अमिताभ नेपाल आउने नआउनेबारे अनिश्चित छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित