२ कार्तिक २०८३, सोमबार

यूएस ओपनको उपाधि रसियाका ड्यानियलले जिते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, २८ भदौ । यूएस ओपन २०२१ अन्तर्गत पुरुष सिंगलतर्फको उपाधि रसियाका ड्यानियल मेडभेडेभले जितेका छन् ।

विश्व नम्बर १ नोभाक जोकोभिचलाई पराजित गर्दै मेडभेडेभले करियरकै पहिलो ग्रान्ड स्ल्याम उपाधि उचालेका हुन् ।

न्यू योर्कस्थित आर्थुर आशे स्टेडियममा आइतवार राति सम्पन्न खेलमा मेडभेडेभले जोकोभिचलाई ६–४, ६–४ र ६–४ को सोझो सेटमा पराजित गरेका हुन् ।

यसै वर्ष अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बेल्डन गरी तीन ग्रान्ड स्ल्याम जितेका जोकोभिचले यूएस ओपन उपाधि जित्दै इतिहास बनाउन भने सकेनन् ।

पछिल्लो पटक जोकोभिच सन् २०२० को रोलान्ड गारोस फाइनलमा राफाएल नाडालसँग पराजित भएका थिए ।