
काठमाडौँ, २८ चैत । बागमती नदी सफाइ महाअभियानमा हजारौँको सहभागिता देखिएको छ । बागमती सभ्यता बचाउनका लागि प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीहरु प्रकाशमान सिंह र बामदेव गौतम लगायत हजारौं सर्वसाधारणहरु बागमती नदीमा पसेका छन् ।
बाग्मती सफाइ महाअभियान १००औँ हप्ता विशेष कार्यक्रम अन्तर्गत सुन्दरीजलदेखि सुन्दरीघाटसम्मको २८ किलोमिटर क्षेत्रमा हजारौँको सहभागिता रहेको छ ।
राष्ट्रिय गानबाट सुरु भएको महाअभियान बाग्मती नदी प्रणालीको सरसफाइ सम्बन्धमा आम जनतामा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो ।
महाअभियानमा सहभागीले ‘बाग्मती नदी सफा गछौँ’ ,‘सफा गर्न सक्छौँ’ ‘हामीले नगरे कसले गर्छ’, ‘अहिले नगरे कहिले गर्ने’ भन्ने सपथसमेत लिएका छन् । बाग्मती सफाइ महाअभियानका अभियन्ता मुख्यसचिव लीलामणि पौड्यालले सुन्दरीजल ओख्रेनी माविमा सफाइको नेतृत्व गरेका थिए । सफाइ महाअभियान एक सय हप्ता पुगेको अवसरमा बाग्मती नदीमा ५६ किलोमिटर क्षेत्रमा लामो मानव साङ्लो बनाइएको छ ।
बाग्मती नदी किनारको दुवै क्षेत्रमा हजारौँ नागरिक सहभागी भएका छन् । सफाइ महाअभियानमा मानव साङ्लो बनाइएको छ र मानव सभ्यताको मुहानको रुपमा लिइएको नदी सफा गरौँ भन्ने सन्देश दिन खोजिएको छ । विश्वका पुरानो मानव सभ्यतामध्ये बाग्मती सभ्यता पनि एक हो । ‘बाग्मती बा’ का रुपमा परिचित हुतराम वैद्यले सुरु गरेको बाग्मती सफाइ अभियानले आज सार्थकता पाएको हो । बाग्मती सफाइ अभियान २०७० जेठ ५ गतेबाट सुरु भएको हो ।
प्रधानमन्त्री सुशील कोइराला पशुपतिनाथ–तिलगङ्गा क्षेत्रमा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थापाथली क्षेत्रमा, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल तिनकुने क्षेत्रमा सहभागी भएका छन् ।
फोटोफिचर
























![afudtL ;kmfO dxfcleofg cGt{ut ;fg]kf If]qdf g]kfnL ;]gf ;lxtsf ;](https://www.dainiknepal.com/wp-content/uploads/2015/04/Bagmati-safai-fine-650x365.jpg)

![dfgj;fªnf]df g]kfnL sfFu|];sf pk;efklt /fdrGb| kf}8]n, k|jQmf lb](https://www.dainiknepal.com/wp-content/uploads/2015/04/Bagmati-safai-ramchandra-paudel-650x365.jpg)
![;+ljwfg;efsf cWoIf ;'jf; g]Djfªn] afudtL ;kmfO dxfcleofgdf ;+jf]](https://www.dainiknepal.com/wp-content/uploads/2015/04/bagmati-safai-subash-nemwang-650x365.jpg)











प्रतिक्रिया