१९ कार्तिक २०८३, बिहिबार

बालिकामाथि करणीका आराेपित धरौटीमा छाडिए

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

लमजुङ, २६ भदौ । लमजुङमा १४ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा पक्राउ परेका अर्जुनविक्रम थापालाई अदालतले धरौटीमा रिहा गरेको छ ।

बालिकामाथि करणी जस्तो जघन्य अपराध गरेको आरोपमा पक्राउ परेका थापा २३ दिनमै ३ लाख धरौटीमा रिहा भएका हुन् ।

थापाको रिहाइसँगै बालिकालाई विभिन्न प्रभाव र प्रलोभनमा पारेर बयान फेर्न लगाइने र धम्की र प्रभावमा पारेर घटनालाई तोडमोड गर्न सक्ने आशंका जन्मिएको छ ।

भदौ १ मा जाहेरी परेपछि पक्राउ परेका थापालाई जिल्ला अदालत लमजुङमा जिल्ला न्यायधीश नभएको र अभियुक्तले प्रहरी समक्षको बयान र अदालतको बयानमा समेत आफूले सो किसिमको अपराध गरेको स्वीकार नगरेको र मुद्धा पनि घटना घटेको ९ महिना पछि आएको कारण ३ लाख धरौटीमा रिहा गरिएको अदालतका श्रेस्तेदार उदयराज काफ्लेले जानकारी दिएका छन् ।

प्रहरीले भने यथेष्ट प्रमाणसहित मुद्दा पेश गरिएको बताएको छ ।

त्यस्तै, जाहेरी परेको १४ दिन पछि पक्राउ परेका शिक्षक प्रकाश थापा भने प्रहरी हिरासतमै छन् ।

प्रकाश थापा राईनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाका भाइ हुन् ।

पीडित बालिकाले धम्कीका कारण बयान फेरेपछि गत जेठ १९ गते पक्राउ परेका आरोपित शिक्षक थापालाई प्रहरीले केही घण्टामै प्रहरीले छोडेका थिए ।

तर अभिभावक तथा युवाहरु तथा बालअधिकारकर्मीहरुले भने आरोपितलाई प्रमाण हुँदाहुँदै पनि प्रहरीले मिलेमतोमा छोडेको भन्दै चर्को विरोध जनाएका छन् ।

गत वर्षको पुस–माघ महिना तिर पीडित बालिकाले आफू माथि शिक्षक थापाले जबर्जस्ती करणी गरेको गत वैशाखमा आफ्ना साथीहरूलाई भनेकी थिइन् ।

साथीहरुसँग कुरा गरेको एक महिना पछि स्थानीय समूदायमा घटना सार्वजनिक भएको थियो ।

साथीहरुबाट कुरा फैलिएपछि परिवारले उजुरी दियो र आरोपित शिक्षकलाई प्रहरीले झिकायो ।

बालिकाले साथीहरुकै अघि आफूले मजाक गरेको भनेर बयान दिएपछि प्रहरीले आरोपितलाई छोडेको थियो ।

पारिवारिक स्रोतका अनुसार बालिकालाई धाक धम्की दिएको र राजनीति ढाकछोपका कारण बालिकाले बोल्न नसकेको जनाइएको छ ।

बालिका बलत्कारको घटना सार्वजनिक भएपछि बाल अधिकारका लागि राष्ट्रिय अभियान केन्द्रीय समन्वय समितिले काठमाडौंबाट विज्ञप्ति निकाल्यो । लगत्तै जेठ २२ गते विद्यालय ब्यवस्थापन समिति, राइनास बाल क्लव सञ्जाल, राइनास बाल संरक्षण समितिले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषी उपर कारबाही गर्न प्रहरी प्रशासनमा निवेदनसमेत दिए ।

यद्दपी प्रहरीले राजनीतिक ढाकछोपका कारण अनुसन्धान अघि नबढाएको आरोप स्थानीयले लगाएका छन् ।