
काठमाडौँ, २४ भदौ । नागरिक उड्डयन प्राधिकरणले मुस्ताङ हेलिकप्टरलाई नेपाली आकाशमा उडान अनुमति प्रदान गरेको छ ।
प्राधिकरणले बिहीबार कम्पनीलाई उडान अनुमति दिएको हो । कम्पनीले हेलिकप्टरमार्फत रेस्क्यू, चार्टर, कोभिड १९ का बिरामीको उद्धार, एरियल फोटोग्राफी, कार्गोलगायत सेवा दिने जनाएको छ ।
मुस्ताङसँगै अब नेपाली आकाशमा उडान भर्नेमा ११ वटा हेलिकप्टर कम्पनी पुगेका छन् ।












प्रतिक्रिया