
काठमाडौँ, २४ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप १ हजार २७१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ८ हजार ८९८ र एन्टिजेन विधिबाट ३ हजार ४६ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ६४० जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८ लाख ६० हजार ८०६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार १६१ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ३५ हजार ६ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४७९ जना रहेको छ ।
मन्त्रालयका अनुसार ४५८ संक्रमित आइसीयुमा छन् भने १३९ जना भेन्टिलेटरमा उपचाररत छन् ।
हालसम्म ५१ लाख २ हजार २४४ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ५७ लाख २९ हजार ७८९ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९०३ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया