२ कार्तिक २०८३, सोमबार

जहाँ एक वर्षमा छ दिनमात्रै विद्यालय खुल्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, २८ चैत । मुगुको दोल्फु ४ का पेमा ग्याल्बु लामा छोरा उर्गिल लामालाई बोकेर सदरमुका आएको दुई वर्ष भयो ।

लामा मात्रै होइनन् गाउँबाट जातक (छोराछोरी) बोकेर सदरमुकाम आउने अभिभावक धेरै भेटिन्छन् । यसरी उनीहरु सदरमुकाम गमगडी आउनुको एउटै कारण हो, छोराछोरी पढाउनु ।

गाउँमा विद्यालय नभएर तथा विद्यालयमा शिक्षक नभएर अभिभावकले सदरमुकामसम्म छोराछोरी लगेका भने होइनन् ।

४० वर्ष पहिले नै स्थापना भएको कान्जिरोवा प्राथमिक विद्यालयमा शिक्षक दरबन्दी अनुसार भएपनि १३ वर्षदेखि नियमित पढाइ भने हुनसकेको छैन् ।

एक वर्षमा ६ दिनमात्र विद्यालय खुलेको छ । विद्यालयमा रहेका शिक्षकलाई विद्यार्थी संख्या, हाजिरी पुस्तिका लगायतका सामान नै थाहा छैन् ।

गत भदौमा सरुवा भएका शिक्षक तुलबहादुर कार्की २२ मंसिरमा मात्र विद्यालय पुगेका थिए । तर, उनले विद्यालयमा आफूहरुले हाजिर गर्ने हाजिरीकपी भेट्टाएनन् ।

सरकारी नीतिअनुसार देशभरका विद्यालय एक शैक्षिक सत्रमा दुई सउय २० दिन अनिवार्य खुल्नुपर्छ र एक सय ९२ दिन अनिवार्य कक्षा सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको राजधानी दैनिकले छापेको छ । तर दोल्फु गाउँकासीका लागि यो एकादेशको कथा हो ।