
काठमाडौँ, २३ भदौ । नेकपा एमालेको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका महिला नेतृहरुलाई दर खुवाएका छन् ।
ओलीको निजी निवास बालकोटमा दर खुवाउने कार्यक्रम गरिएको हो ।
एमाले नेतृ शान्ता चौधरीले आफूहरु बालकोट माइत आएको र दर खाएको भन्दै तस्वीरहरु सामाजिक सञ्जालमा राखेकी छन् ।
उनले लेखेकी छन्, ‘आज हामी दिदिबहिनी माइत गएको ,बालकोटमा आमा बाले दर खुवाएको ।’
वुधबारको संसद बैठकपछि एमाले महिला नेतृहरु बालकोट पुगेका छन् ।
दर खाने कार्यक्रममा सांसदहरु राधा ज्ञवाली, विद्या भट्टराई, आशा विक, जुली कुमारी महतो, शान्ति पाख्रिन, महिला आयोगकी अध्यक्ष कमला पराजुली लगायतको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया