१९ कार्तिक २०८३, बिहिबार

अवैध रुपमा भारततर्फ लैजाँदै गरेको १२ लाख बराबरको मटरसहित २ जना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

रूपन्देही, २३ भदौ । कोटईमाइ गाउँपालिका–५ दुइमुहानबाट अवैध रुपमा भारततर्फ लैजादै गरेको करिब १२ लाख ४० हजार रूपैयाँ बराबरको ३० क्विन्टल मटर सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मर्चवारी गाउँपालिका–१ बस्ने ४५ वर्षीय हरीशंकर यादव र सोही ठाउँ बस्ने ३५ वर्षीय रतन यादव रहेका छन् ।

ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा लु.१ ज ४५१८ नम्बरको पिकअपमा भारततर्फ लैजादै गरेको उक्त मटरसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई बरामद मटर तथा सवारी साधन सहित आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको उक्त कार्यालयले जनाएको छ ।