१९ कार्तिक २०८३, बिहिबार

स्रोत नखुलेको नगद ११ लाख रुपैयाँसहित पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २३ भदौ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ११ लाख नेपाली रुपैयाँसहित भारत पश्चिम बंगाल हाउडा घर बताउने १९ वर्षीय शोविक आदकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ४४५० नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाइ ल्याएको उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।