
काठमाडौँ, २३ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप १ हजार ६४० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ९ हजार ७६७ र एन्टिजेन विधिबाट ३ हजार ६८८ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ६४० जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८ लाख ५९ हजार ५३५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार १६१ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ३३ हजार १६१ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४७९ जना रहेको छ ।
मन्त्रालयका अनुसार ४८८ संक्रमित आइसीयुमा छन् भने १४० जना भेन्टिलेटरमा उपचाररत छन् ।
हालसम्म ५० लाख ५६ हजार ८०३ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ५६ लाख ८३ हजार ६१ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ८८९ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया