२ कार्तिक २०८३, सोमबार

यम बराल र प्रविशा अधिकारीको गीतमा जोर्डन र बेनिशा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । लोकप्रिय गायक यम बराल आफ्नो नयाँ गीतमार्फत दर्शक तथा श्रोतामाझ आएका छन् ।

गायक बरालद्वारा गायिका प्रविशा अधिकारीसँग युगल गायन गरिएको ‘अझ वर वर आउ’ शीर्षकको रोमान्टिक गीत ओएसआर डिजिटलको यूट्यूब च्यानलबाट सार्वजनिक भएको छ ।

उक्त गीतलाई गायक यम बरालले नै संगीतबद्ध गरेका हुन् भने शब्दहरु उज्वलराज भट्टराईले रचना गरेका हुन् ।

बलराम समाल उक्त गीतका संगीत संयोजक हुन् ।

विक्रम कार्कीले गीतलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

सोनम पाख्रिनद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री बेनिषा हमाल तथा मोडल जोडर्न राजभण्डारीले अभिनय गरेका छन् ।

नगरकोटको आकर्षक लोकेशनमा छायांकन गरिएको यो भिडियोमा अभिनेत्री हमाल र मोडेल राजभण्डारीको जोडी आकर्षक देखिएको छ ।

अभिनेत्री हमाल लामो समयपछि नयाँ म्युजिक भिडियोमा देखिएकी हुन् ।

सुरेन्द्र बसेलद्वारा कोरियोग्राफी गरिएको भिडियोलाई बुद्ध थापा तथा उनको टिमले छायांकन गरेको हो ।

विकास दाहाल यसका सम्पादक हुन् ।

भूमिका देवान राईले यो भिडियो निर्माण गरेकी हुन् ।

गीतको भिडियोः