८ कार्तिक २०८३, आइतबार

जाजरकोटमा पहिरोमा परेर १० वर्षीय बालकको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

जाजरकोट, २१ भदौ । गए रातिदेखि आएको अविरल वर्षाका कारण नलगाड नगरपालिका–५ ढारसिर्केमा पहिरोमा परेर एकै घरका दुई व्यक्ति घाइते भएका छन् भने बालकको मृत्यु भएको छ ।

बिहान ३ः ०० बजे पहिरोसहित आएको ढुङ्गाले ४६ वर्षीय गोरखबहादुर खड्का र उनकी ३५ वर्षीया श्रीमती शिला खड्का घाइते भएकी छन् । उनका १० वर्षीय छोरा प्रचण्ड खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको उपचार दल्लीस्थित स्वास्थ्य संस्थामा भइरहेको छ । –रासस