२९ आश्विन २०८३, बिहिबार

सरकारलाई मैले असहयोग गरेको छैन: पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram Chandra Poudel

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफ्नो तर्फबाट पार्टीलाई पूर्ण सहयोग भइरहेको दाबी गनुृभएको छ ।

नेपाल निजामती कर्मचारी युनियनका नवनिर्वाचित पदाधिकारी एवम् केन्द्रीय सदस्यहरुलाई नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका तर्फबाट बुधबार पार्टी केन्द्रीय कार्यालयमा सम्मान गर्दै उहाँले वर्तमान सरकारलाई आफूले सहयोग गर्न कुनै कसर नराखेको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री एवं काँग्रेस सभापति सुशील कोइरालाले पार्टी भित्रैबाट सरकारलाई असहयोग भइरहेको बताइरहँदा पौडेलको यो भनाइ आएको हो ।

उपसभापति पौडेलले आफ्नो अनुभवका आधारमा सरकारलाई सुझाव दिँदै आएको र मेची–महाकाली जागरण अभियानको प्रशिक्षण कार्यक्रमले पनि सरकारलाई पूर्ण सहयोग पुगेको बताउनुभयो ।

उहाँले कर्मचारी वर्गलाई पार्टीकरण र राजनीतिकरण गर्न नहुने बताउँदै आफ्नो हक अधिकारलाई सुरक्षित गरी समग्र जनता र देशको उन्नतिका खातिर लाग्न पनि आग्रह गर्नुभयो ।

युनियनका केन्द्रीय अध्यक्ष सुवोध देवकोटाले काँग्रेस पार्टीले युनियनका कर्मचारीको प्रशासकीय, व्यवस्थापकीय र बैद्धिक योग्यताको उपयोग गर्न नसकेको धारणा राख्नुभयो ।