८ कार्तिक २०८३, आइतबार

एसएमजी चोरी प्रकरणमा दुई सैनिकले पाए सफाइ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ भदौ । सैनिक विशेष अदालतले ब्यारेकबाटै एसएमजी (सर्ट मेसिन गन) चोरी गरेको आरोपमा पक्राउ परेका दुई जना सैनिकलाई रिहा गर्ने आदेश जारी गरेको छ ।

विशेष अदालतले थुनामक्त गर्न आदेश दिएपछि शुक्रबार सेनाका अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङ रिहा भएका छन् ।

विगत २८ महिनादेखि जिल्ला कारागारमा रहेका उनीहरु रिहा भएका हुन् ।

तीन वर्षसम्म उनीहरुको बढुवा रोक्का गर्ने अदालतले आदेश दिएको छ ।

उनीहरुले चोरेको भनिएको हतियार महेन्द्र दल गणमा कार्यरत सैनिक जवान गंगाधर ढकालको साथबाट भेटिएपछि अदालतले ढकाललाई जन्मकैदको सजाय तोकेको छ ।

अदालतले ढकाललाई त्यही हतियारले आफ्नै गणमा कार्यरत साथी भरत गुरुङको हत्यामा समेत दोषी ठहर गरेको छ ।