काठमाडौं, १८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले थोरै मन्त्रालयहरू भएका कारण धेरैलाई मन्त्री बनाउन सकेका छैनन् । देउवाले प्रधानमन्त्रीसहित अधिकतम २५ वटा मन्त्री बनाउन सक्छन् । मन्त्रालयको संख्या धेरै नभएका कारण देउवालाई कठिनाइ भइरहेको छ । तर, देउवाको गुटभित्रको पनि उप–गुटबाट मन्त्री बनेका ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय मन परेको छैन । कार्कीले प्रधानमन्त्री देउवालाई पटक–पटक दवाव दिएर मन्त्रालय फेरिदिन आग्रह गरेका छन् । देउवाले कार्कीलाई बचन दिएका छैनन् ।
देउवाले कार्कीलाई निकै मन पराउँछन् । नेता कार्यकर्ताले मन्त्री कार्कीलाई चिन्दैनन् । देउवाको गुटभित्र बसेर कार्कीले ठूलो लाभ लिँदै आएका छन् । कार्की अघिल्लो पटक अर्थ मन्त्री बनेका थिए । त्योभन्दा पहिला उनी जलस्रोत मन्त्री पनि बनेका थिए । यस पटक कार्कीले कानून मन्त्रालय पाएका छन् । कार्की नेता कार्यकर्ताका बीचमा लोकप्रिय मानिदैनन् । तैपनि कार्कीले देउवालाई रिझाएका कारण पटक पटक मन्त्री बन्ने रेकर्ड बनाएका छन् ।
कानून मन्त्री कार्कीले देउवासँग सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय माग गरेका छन् । कानून मन्त्रालयमा धेरै काम पनि नपर्ने र कमाई पनि नहुने भएपछि कार्कीले मन्त्रालय साट्न खोजेका छन् । सञ्चार मन्त्रालयमा बसेर हालिमुहाली गर्ने योजनामा कार्की छन् । सञ्चार मन्त्रालयमा मन्त्रीलाई फलिफाप हुने चर्चा छ । एमालेका गोकुल बास्कोटाको ७० करोड काण्ड प्रकरण बाहिर आएपछि मन्त्री पद नै गएको थियो । यो मन्त्रालयमा आउन कमिशनबाट मन्त्रीको सबै गर्जो टर्छ ।
कार्की पनि सञ्चार मन्त्रालय वा अर्को आकर्षक मालदार मन्त्रालय लिन खोजीरहेका छन् । सत्तारुढ गठबन्धन दललाई मन्त्रालय दिँदा सन्तुलन नमिल्ने भएर देउवाले कार्कीलाई अर्को मन्त्रालय दिन सकेका छैनन् । नेता नेपाल र यादवले धेरै मन्त्रालय माग गरेका छन् । उनीहरूको रोजाइमा पनि सञ्चार मन्त्रालय छ । सञ्चार मन्त्रालय अरु दलहरूले लगे भने कार्कीले विकासे मन्त्रालय खोजेका छन् । कानून मन्त्री कार्कीले कुनै पनि हालतमा मन्त्रालय परिवर्तन गर्ने योजना बनाएका छन् ।
कानून मन्त्रालयमा बस्नुभन्दा राजीनामा दिएर जाने मुड पनि कार्कीले बनाएको स्रोतको भनाइ छ । भोजपुर जिल्लाबाट पटक पटक पराजय भोगेका कार्कीले यस पटक सुनसरी जिल्लाबाट जितेका थिए । कार्कीलाई जिताउन राष्ट्रपति विद्यादेवी भण्डारीको ठूलो हात छ भन्नेहरू धेरै छन् । कार्की र भण्डारीबीच पारिवारिक सम्बन्ध छ । अहिले पनि कार्की बेलाबेला राष्ट्रपति कार्यालय शीतल निवास पुगेर भण्डारीलाई भेट्न गर्छन् ।
देउवा गुटभित्र धेरै अवसर लिने नेतामा कार्की पर्छिन् । कांग्रेसको १४औँ महाधिवेशनमा कार्की महामन्त्रीमा उम्मेदवार बन्ने चर्चा छ । कार्की महामन्त्रीमा उम्मेदवार बने भने सभापतिमा देउवाको पराजय निश्चित सरह छ । देउवाले यस पटक कार्की जस्ता पात्रलाई भन्दा पनि राम्रा पात्रलाई ठाउँ दिनुपर्छ । होइन भने कांग्रेस ढिलो चाँडो आउला तर, देउवाको पालो आउनेछैन । सभापतिमा जित्ने हो भने डेटएक्सपायर भएका नेतालाई भन्दा देउवाले राम्रो टिम बनाउँदा नै उपयुक्त हुन्छ ।















प्रतिक्रिया