२ कार्तिक २०८३, सोमबार

कमेडी च्याम्पियन–२ बाट ऋचा शर्मा विदा

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ नायिका ऋचा शर्मा बाहिरिएकी छिन् ।

आमा बन्ने मिति नजिकिएपछि उनले शो छोडेकी हुन् । उत्कृष्ट ३ प्रतियोगी छनौटसम्म निर्णायकको रुपमा रहेकी शर्मा फाइनल प्रतियोगितामा भने शोमा अब देखिने छैनिन् ।

‘कमेडी च्याम्पियनको फाइनल अब दुई सातापछि हुनेछ । डाक्टर लगायत सबैले अब त रेस्ट गर्नुपर्छ भनेपछि शोका अबको एपिसोडमा सहभागी नहुने निर्णय समेत गरेको उनले बताएकी छिन् ।