४ कार्तिक २०८३, बुधबार

पूर्वसभासद्को राहदानी दुरुपयोग गर्ने महिला पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ चैत । पूर्वसभासद् गायत्री साहको कूटनीतिक राहदानी दुरुपयोग गरी आवुधावीबाट फर्केर फरार रहेकी सीता भन्ने लीला छन्त्याललाई आज महानगरीय प्रहरी परिसर हनुमानढोकाले पक्राउ गरेको छ ।

पूर्वसभासद् साहको ०१९८२७ नम्बरको कूटनीतिक राहदानीमा आफ्नो फोटो टाँसी अष्ट्रेलिया जाने क्रममा आवुधावी पुगेकी उनलाई त्यहीँबाट फर्काइएको थियो ।

फरार म्याग्दी मल्कावाङ्–५ की ३२ वर्षीया छन्त्याललाई काठमाडौँ महानगरपालिका–२७ बाट प्रहरीले पक्राउ गरेको हो । रासस