८ कार्तिक २०८३, आइतबार

दुई जना सांसदले पार्टी छोडेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, भदौ । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।

मन्त्री बनेको सात दिनमै सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले दल परिवर्तन गरेपछि शाक्य अल्पमतमा परेकी हुन् ।

एमाले फुटाएर माधव नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको नयाँ दल दर्तामा मन्त्री खनालले सनाखत गरेका छन् ।

खनालले एमाले छोडेर एकीकृत समाजवादीको केन्द्रीय सदस्यको सूचीको ५२ नम्बरमा सनाखत गरेका हुन् ।

त्यस्तै, अर्का केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् ।

खनाल र पाण्डेले दल छोडेपछि मुख्यमन्त्री शाक्यको सरकार अल्पमतमा परेको हो ।

प्रदेश सभामा हाल १०९ जनामध्ये एमाले एक्लैको स्पष्ट बहुमत अर्थात् ५६ जना प्रदेश सभा सदस्य रहेका थिए । तर खनाल र पाण्डेले छोडेपछि अब भने मुख्यमन्त्रीलाई बहुमत पुर्याउनुपर्ने चुनौती आएको छ ।