४ मंसिर २०८३, शुक्रबार

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ९ भदौ । कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–४ राजिपुरस्थित सडकमा ग.१ ख ६४४१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय मान सिंह गुर्धामीको मंगलबार बिहान मृत्यु भएको छ ।

बाटो काट्ने क्रममा उक्त ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको घटनास्थलमै भएको हो । ट्रक चालक उदयपुर हर्देनी गाबिस–३ ठेगाना भएका ३८ वर्षीय डेक राम खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा, मिथिला नगरपालिका–४ पुष्पलपुरस्थित सडकमा बा.५ ख ६०८७ नम्बरको हाईसले प्रदेश २–०१–००१ प ८५८५ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सप्तरी राजविराज नगरपालिका–१२ बस्ने ३५ वर्षीय द्धारिका प्रसाद यादव र उनकै श्रीमती २८ वर्षीया ममता यादव रहेका छन् । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनास्थलमा करिब १ सय ५० जना मानिसहरूले भेला भई शव उठाउन नदिई सडक अवरोध गरी प्रहरी माथि ढुङ्गामुढा गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले आवश्यक कार्य गरिरहेको छ ।