२९ आश्विन २०८३, बिहिबार

सिटिसी मोबाइल बजारको ओपनिङसँगै एक्स्पो सुरु, सय स्टलबाट कारोबार (हेर्नुस् फोटोहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mela Udhghatanकाठमाडौं, २७ चैत । राजधानीको सन्धारास्थित सिटिसी मलमा बहुप्रतिक्षीत सिटिसी मोबाइल बजार शुरु भएको छ ।

शुक्रबार सुचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले सिटिसी मोबाइल बजारसँगै एक साता लामो सामसङ जे१ सिटिसी मोबाइल एक्स्पोको शुभारम्भ गरेका हुन् ।

२२ जना व्यवसायीले संयुक्त रुपमा सञ्चालन गर्ने सिटिसी मोबाइल बजार प्रालीले बजार शुभारम्भको अवसर पारेर छुटैछुट सहितको मोबाइल एक्स्पोको समेत आयोजना गरेको हो । मोबाइल बजार तथा तथा एक्स्पोको उद्घाटन गर्दै सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले सुचना प्रबिधीको विकासले परिवर्तनको गतिलाई तिब्र बनाएको बताए ।

Sancharmantriउनले मोबाइल मानिसका लागि अत्यावश्यक वस्तु बन्दै गएको बताउँदै संसारलाई नै आफ्नै हातमा कैद गर्न सकिने मोबाइल प्रबिधीको बिशिष्टीकृत(स्पेशलाइज्ड) बजारले उपभोक्तालाई एकिकृत सेवा उपलब्ध गराउने समेत स्पष्ट पारे ।

विश्वमा प्रत्येक तीन जना मध्ये एक जना मानिसले विहान नित्यकर्म गर्नु पुर्व एक पटक फेसबुक हेर्ने गरेको उदाहरण प्रस्तुत गर्दै नेपाली समाज समेत सुचना प्रबिधी मैत्री बन्दै गएको दावी गरेका थिए ।

मन्त्री रिजालले अर्काे एक प्रसंगमा चन्द्रमामा प्रथम पटक मानिस पठाउँदा प्रयोग गरिएका सबै तथ्यांक यतिबेला समान्य स्मार्ट फोनमा अटाउने गरेको बताए ।

Lighting By Sanchar Mantri Minendra Rijalसिटिसी मलमा खुलेको मोबाइल बजारले सो क्षेत्र आसपासमा समेत व्यवसायीकता बढाउने अपेक्षा समेत व्यक्त गरेका थिए । नेपालमा सुचना प्रबिधीको विकासमा सरकार प्रतिवद्ध रहेको बताउँदै मन्त्री रिजालले गाउँ गाउँमा दुर सञ्चार सेवा विस्तार गर्ने अभियानमा सरकार लागिपरेको जानकारी समेत गराएका थिए ।

सिटिसी मोबाइल बजार तथा सामसङ जे१ मोबाइल एक्स्पोलाई सम्बोधन गर्दै सिभिल ग्रुपका अध्यक्ष तथा सभासद इच्छाराज तामाङले सिटिसी मललाई मोबाइल हबका रुपमा विकास गराउन पाउनु आफ्नो कम्पनीका लागि सौभाग्यको बिषय भएको बताए ।

Lightingन्युरोड केन्द्रित मोबाइल बजारलाई सिटिसी मलमा सार्न लागेको नभएर विस्तार गर्न लागेको उनले स्पष्ट पारेका थिए । सिटिसी मोबाइल बजारले एकिकृत मोबाइल बजारको नयाँ अध्याय शुरु गरेको बताउँदै उनले उपभोक्ताले समेत सुबिधा सम्पन्न स्थलमा उपयुक्त मुल्यमा मोबाइल किन्ने अवसर प्राप्त गरेको दावी समेत गरे ।

Mobile Bajar Monthly Magazine Bimochanबर्षेनी १० अर्बको मोबाइल कारोबार हुने नेपालमा यस्ता बजारको बढोत्तरी भएसँगै त्यसको आकार समेत बढेर १५ अर्बसम्म पुग्न सक्ने उनको दावी थियो ।

कार्यक्रममा सामसङ मोबाइलको नेपाली आयातकर्ता आइएमएस प्रालीका अध्यक्ष दिपक मलहोत्राले सिटिसी मोबाइल बजारले चोरीका मोबाइलको कारोबारलाई निरुत्साहित पार्ने अपेक्षा व्यक्त गरे ।

Magazine Bimochanउनले बजारमा चोरीका मोबाइलका कारण आधिकारीक आयातकर्ता तथा कम्पनीलाई नै अप्ठेरो परिरहेको सन्दर्भमा बजारले ग्रे मोबाइललाई निषेध गर्नेमा आफु आशावादी रहेको समेत बताए । सिटिसी मोबाइल बजारले नेपाली उपभोक्तालाई राहत दिने उनको दावी थियो ।

कलर्स मोबाइलको आयात कर्ता कम्पनी टेलिटकका सञ्जय अग्रवालले सिटिसी मोबाइल बजारले मोबाइलका उपभोक्ताहरुलाई सुबिधा उपलब्ध गराउने धारणा राखे । उनले आधिकारीक कम्पनीहरुका सर्भिस सेन्टर सहित सञ्चालनमा आएको बजारले उपभोक्तालाई पर्याप्त छनोटको अवसर समेत प्रदान गर्ने दावी गरे ।

Samsung Mobile Bare Janakari Lidai Sancharmantriआईएमएसका प्रेसिडेन्ट डिकेश मलहोत्राले पनि पार्किङ, पर्याप्त ठाउँ, शान्त वातावरण सहित सञ्चालनमा आएको बजारले आयातकर्ता कम्पनी, बिक्रेता तथा उपभोक्ता सबैलाई फाईदा गर्ने बताए ।

सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिप मान श्रेष्ठले भने मोबाइल बजारमा चोरीका मोबाइललाई पुर्णतः निशेध गरिएको जानकारी दिए ।

Enaguration Munchअध्यक्ष श्रेष्ठले सिटिसी मललाई मोबाइल हबका रुपमा विकास गर्ने योजना सुनाउँदै न्युनतम मुल्यमा ब्राण्डेड मोबाइलहरुको कारोबार मार्फत छोटो समयमा उपभोक्ताको निर्विकल्प बजारका रुपमा स्थापित हुने दावी गरे ।

मोबाइल एक्स्पोमा टच एण्ड फिलको माध्यमद्धारा उपभोक्तालाई आकर्षित गर्ने प्रयास गरिरहेको समेत उनले बताए । बैशाख ५ गतेसम्म सञ्चालन हुने मेलामा १० वटा मोबाइल कम्पनीका सर्भिस सेन्टर, एक सय वटा मोबाइल पसल, फुडकोर्ट लगायतको सहभागिता रहेको सिटिसी मोबाइल बजार प्रालिका महासचिब केशब राज लुइँटेलले जानकारी दिनुभयो ।Sancharmantriko Chaso at Mobile Expo
– उपभोक्तालाई छुटैछुटको बहार

सुचना प्रबिधीको नयाँ आधार, सबैको सिटिसी मोबाइल बजार भन्ने नारा सहित मेलाको आयोजना गरिएको हो । नझुक्याउने, पक्का पर्ने उपहार स्किमसहित ८ देखि ५५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । स्क्रयाच कुपनमा ५५ प्रतिशत छुटको अतिरिक्त व्यवस्था छ । प्रत्येक दिन पाँच वटा मोबाइल लक्कि ड्र मार्फत वितरण गरिनेछ । एसएलसी दिएर बसेका विद्यार्थीहरुले बिशेष सुबिधा पाउँनेछन् ।

– कम्पनीहरुको छुट अफर

रेज मोबाइलले आफ्ना २२ वटा मोडलको कारोबार गर्दै प्रत्येक रेज मोबाइलको खरिदमा एक वटा ल्यापटप ब्याग, फोनको मोडल हेरि ४, ८ र १६ जिबीको मेमोरी कार्ड बितरण गर्नेछ । मोबाइल एक्स्पोभरी रेज मोबाइलले ८ देखि ४० प्रतिशत सम्म छुट दिनेछ ।

यसैगरि माइक्रोम्याक्स मोबाइलले एक्स्पोमा क्रिकेट प्रतिश्पर्धा गराउँदै बिभिन्न गिफ्ट, लक्की ड्र, क्रिकेट बल, ब्याग, फ्रि मेकअप सहित ४ वटा नयाँ मोडल लंच गर्नेछ ।

Micromax ko Bare Jankari Lidai Sanchar Mantriयसैगरि पानासोनिक, कार्बन, सामसुङ र जियोनी मोबाइलले मेला अबधीमा सरप्राइज अफर प्याकेज ल्याउने जनाएका छन् । मेलामा सामसुङ एस ६ को बुकिङ गर्दैछ । यसैगरी सेल्कन मोबाइलले आफ्नो मोडल क्यु ५ र क्यु ४५५ को खरिदमा सेल्फी स्टिक प्रदान गर्ने जनाएको छ ।

यस्तै बर्ड मोबाइलले प्रत्येक मोबाइल खरिदमा टिसर्ट प्रदान गर्ने जानकारी दिएको छ भने मोबाइल खरिद सँगै लक्की ड्र मा समाबेश गरिने र लक्की ड्र मा एलइडि टिभी, ल्यापटप र मोबाइल बितरण गरिने जनाएको छ ।
यस्तै, किन्जीन्डा मोबाइलले पहिलोपटक सिटिसी मोबाइल बजारमा रिस्ट वाच मोबाइल डब्लु ३ को लंच गरि ४ हजार ३ सयमा उपलब्ध गराउँदै एकवटा ब्लुतुथ फ्रिमा दिने भएको छ ।

यस्तै कलर्स मोबाइलले आफ्ना ६ वटा मोडल के १५, एक्स ११८, एक्स १३५, एक्स ११३ प्लस, एक्स ११४ र के २० को खरिदमा ५ सय रुपैयाँ देखि १ लाख रुपैयाँ सम्म स्क्राच कुपन मार्फत मोबाइल खरिद गर्ने लाई पक्का पर्ने जनाएको छ । यो बाहेक अन्य मोडलमा रु १ सय देखि १ लाखसम्म पर्ने जनाएको छ ।

Expo Enaguration by Sancharmantri  Lighting 1