
काठमाडौँ, ८ भदौ । नेकपा एमालेले आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ ।
मंगलबार तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा बसेको पार्टी स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ सम्म पार्टीको १० औँ महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिएका छन् ।
त्यस्तै, एमालेले विधान अधिवेशन असोज ४, ५ र ६ गते गर्ने निर्णय गरेको पनि ज्ञवालीले जनाए ।
बैठकमा तेस्रो धारमा रहेका भीम रावल लगायतका नेताहरुको पनि सहभागीता रहेको थियो ।















प्रतिक्रिया