८ कार्तिक २०८३, आइतबार

माओवादीले यी नेतालाई तोक्यो ६ प्रदेशको इन्चार्ज (सूचीसहित)

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ भदौ । नेकपा माओवादी (केन्द्र)ले ६ प्रदेशको इन्चार्ज तोकेको छ ।

पार्टीको शनिबार र आइतबार बसेको स्थायी समिति बैठकले ६ वटा प्रदेशको इन्चार्ज तोकेको हो ।

माओवादीले २ नम्बर प्रदेश इन्चार्जमा गणेश साह, वागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणी खनाल, कर्णालीमा शक्ति बस्नेत तथा सुदूरपश्चिम प्रदेश इन्चार्जमा खगराज भट्टलाई तोकेको छ ।

बाँकी प्रदेश १ को इन्चार्ज तोक्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिइएको छ ।