१७ कार्तिक २०८३, मंगलबार

होटलमा गएर महिलाको भिडियो खिची चरित्र हत्या गर्न खोज्ने ४ युट्युबर र टिक्टकर पक्राउ

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ४ भदौ । झापामा महिलाहरुको चरित्र हत्या गरेको अभियोगमा २ युट्युबर र २ टिकटकर पक्राउ परेका छन् ।

बिर्तामोडको एक होटलमा १ पुरुष र २ जना महिलाहरूले खाजा खाइरहेको भिडियो खिचेर युट्युब र टिकटकमा अपलोड गरेर चरित्र हत्या गरेको अभियोगमा २ युट्युबर र २ टिकटकर पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा खगेन्द्र घिमिरे, हेमराज भट्टराई, सुवास कार्की र अर्का एकजना रहेका छन् । अन्य केही फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनि झापाका प्रमुख डिएसपी सन्तोष आर्चायका अनुसार उनीहरूले होटलमा प्रवेश गरी खाजा खाइरहेका बेला अनधिकृत रूपमा भिडियो खिचेर युट्युबबाट चरित्र हत्या गरेको उजुरीपछि पक्राउ गरी थुनामा राखिएको हो ।

उनीहरुमाथि अभद्र व्यवहार गरेको कसुरमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर अनुसन्धानका लागि थुनामा राखिएको आचार्यले जनाएका छन् ।

उनीहरुले अनाधिकृत रुपमा खिचेको भिडियोले आफ्नो चरित्र हत्या भएको, गोपनीयताको हनन भएको र समाजमा बेइज्जती गर्ने काम गरेको भन्दै पीडितहरूले प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित महिलाहरू आफ्नो संसारभर पुग्ने गरी बेइज्जत गरिदियो भन्दै मानसिक तनावमा रहेका प्रहरीको भनाइ छ ।

उनीहरूले। एकजना महिला अपाङ्ग रहेकी र होटलमा उनीहरुले आपत्तिजनक क्रियाकलाप पनि नगरेका प्रहरीको भनाइ छ ।