
काठमाडौँ, ३ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ११ हजार ९४६ र एन्टिजेन विधिबाट ४ हजार ९५२ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ७५ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ६०५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार १२६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ९१ हजार २९९ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ५०० जना रहेको छ ।
हालसम्म ३७ लाख ८ हजार ६८८ जनाले खोप लगाइसकेका छन् ।
२४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ४२९ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया