काठमाडौं, २७ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित आज दिउँसो भारत जाँदैछन् । पूर्वरानी कोमलको स्वास्थ्य उपचार तथा आफ्नो स्वास्थ्य परीक्षण गराउन पूर्वराजा ज्ञानेन्द्र भारत जान लागेका हुन् ।
ज्ञानेन्द्रसँगै पूर्वरानी कोमल, नातिनी पूणिर्का तथा सहयोगी फणिराज पाठक पनि भारत जाँदैछन् । पूर्वराजा ज्ञानेन्द्रले दिल्लीमा उच्चस्तरीय नेताहरुसँग राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ ।
पूर्वराजाको भ्रमणको व्यवस्था मिलाउन पूर्वयुवराज्ञी हिमानी शाहसहित ज्ञानेन्द्रका स्वकीय सचिव सागर तिमल्सिना दिल्ली गइसकेका छन् । दिउँसो १ बजे दिल्ली जाने तयारी गरिएको निर्वल निवासले जनायो ।












प्रतिक्रिया