४ कार्तिक २०८३, बुधबार

विश्वमै लोपोन्मुख चरा सौराहामा भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

birdरत्ननगर (चितवन), २७ चैत । चितवनको सौराहामा विश्वमै दुर्लभ मानिएको नयाँ चरा भेटिएको छ ।

कास्मिर फ्लाइक्याचर (कास्मिर अर्जुनक) नामको चरा सौराहामा फेला परेको वर्ड एजुकेसन सोसाइटी चितवनले जानकारी दिएको छ ।
साताव्यापीरुपमा चराको गुण गणनामा निस्किएका चरा विज्ञकोे टोलीले उक्त चरा सौराहाको एक होटलको बगैंचामा फेला पारेका हुन् ।

सोसाइटीका प्रतिनिधि वासु विंडारी, टिका गिरी, टेकबहादुर गुरुङ, रमेश चौधरीको अनुसन्धानपछि चराको पुष्टि गरिएको थियो । यो चरा १५ वर्षअघि ठोरी क्षेत्रमा एकपटक भेटिएको र त्यसपछि भेटिएको थिएन ।

शरीरको तल्लो भागका खैरो, पखेटा फुस्रे कालो रङको चरा लोपोन्मुख हो ।

गर्मीयाममा आउने चराको अवस्था कस्तो छ र बच्चा कोरल्ने अवस्था कस्तो छ भनेर दुई दिनदेखि सुरु चराको गुणको गणनाका क्रममा नयाँ चरा फेला पारिएको हो ।

प्राय यो समयमा बाहिरबाट निकुञ्जमा बच्चा कोरल्नका लागि चराहरु आउने गर्दछन् । अनुगमनमा भने चराका गुणहरु राम्रै पाइएको चराविज्ञहरुले बताएका छन् ।

वर्ड एजुकेसन सोसाइटी र चितवन निकुञ्जले गणना सुरु गरेको हो । यसका लागि १२ जना चराविज्ञ खटिएका छन् ।

नेपालमा ८७५ प्रजातीका चरामध्ये चितवनमा ६२६ प्रजातीका छन् । चितवन निकुञ्जमा मात्रै ५७६ प्रजातीका चरा छन् । रासस