३० आश्विन २०८३, शुक्रबार

नेपाल एयरलाईन्स अब मुम्बई र बैंगलोरमा उड्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aeroplane

काठमाडौं, २७ चैत । भर्खरै नयाँ जहाज सगरमाथाबाट दिल्ली उडान सुरु गरेको नेपाल वायुसेवा निगमले डेढ दशकपछि भारतका दुई प्रमुख सहरमा समेत उडान गर्ने तयारी थालेको छ ।

निगमले भारतका मुम्बई र बैंगलोरमा नियमित उडान गर्ने भएको हो । बजार अध्ययनले ती दुवै गन्तव्यबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना देखाएपछि निगम फेरि उडान गर्न तम्सिएको हो ।

भारतको निजी वायुसेवा कम्पनी जेट एयरवेजले हाल मुम्बईबाट काठमाडौंका लागि दैनिक दुई उडान गरिरहेको छ ।

त्यस्तै बैंगलोरबाट नयाँदिल्ली र मुम्बई हुँदै ठूलो संख्यामा पर्यटक काठमाडौं आइरहेको तथा त्यहाँ अध्ययन गर्ने नेपाली विद्यार्थी पनि धेरै रहेकाले यात्रुको सेवाका लागि निगमले पुनः उडान सुरु गर्न लागेको निर्देशक देव चन्द्रलाल कर्णले जानकारी दिनुभयो ।

आगामी वैशाख दोस्रो साता अर्को नयाँ जहाज आएपछि मुम्बई र बैंगलोर उडान सुरु गरिने उहाँले बताउनुभयो । निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेका दुईमध्ये अर्को ‘ए३२०-२००’ सिरिजको जहाज आगामी वैशाख दोस्रो साता काठमाडौं आउने भएपछि पुराना गन्तव्यमा उडान गर्नका लागि तयारी थालेको हो ।

यसअघि निगमले अमेरिकी जहाज निर्माता कम्पनी बोइङका ‘बि७५७’ जहाजबाट आठ वर्षसम्म मुम्बई र बैंगलोर उडान गरेको थियो ।

तालिका अद्यावधिक गर्न नसकेर तथा जहाजमा प्राविधिक समस्या बढेपछि ती दुवै गन्तव्यका उडान डेढ दशकअघि बन्द गरेको थियो । उडान सूचारु भएपछि नेपाल तथा भारतका लाखौं नागरिक लाभाम्वित हुनेछन् ।