१७ कार्तिक २०८३, मंगलबार

एमालेद्वारा नेपालसहित १४ सांसदको पद खारेज गर्ने निर्णय (सूचीसहित)

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ भदौ । नेकपा एमालेले माधव कुमार नेपालसहित १४ सांसदको पद खारेज गर्ने निर्णय गरेको छ ।

एमालेले संसद सचिवालयमा मंगलबार १४ सांसदको पद खारेजीको माग गर्दै पत्र दर्ता गरेको हो ।

एमालेले संसद सचिवालयमा बुझाएको पत्र यस्तो छः

श्री संघीय संसद सचिवालय, सिंहदरबार काठमाडौँ ।

विषय–दल त्याग गरेको सूचना सम्बन्धमा

यस दलको प्रतिनिधि सभाका देहायका माननीय सदस्यहरुले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ (१) को क बमोजिम कार्य नगरी दलको निर्देशन ह्वीप उलंघन गरेकोले यस दलको केन्द्रीय कमिटीको मिति २०७८ साउन २५ को निर्णयअनुसार ऐनको दफा ३२(२) बमोजिम प्रतिनिधि सभा सदस्य समेत नरहनेगरी यस दलबाट समेत निस्कासन गरिएकोले दफा ३४ बमोजिम उक्त निर्णयको प्रतिलिपि समेत यसैसाथ राखी यो सुचना प्रकाशित गरिएको छ ।

यस विषयमा तत्काल संसदलाई जानकारी गराई दफा ३६ बमोजिम स्थान रिक्तको सुचना निर्वाचन आयोगमा शिघ्र दिनुहुन अनुरोध छ । केन्द्रीय कमिटीको माइन्युट साथै संलग्न छ ।

तपसिल:

माधवकुमार नेपाल

जीवनराम श्रेष्ठ

मुकुन्द न्यौपाने

रामकुमारी झाँक्री

कल्याणीकुमारी खड्का

लक्ष्मी चौधरी

निरुदेवी जैरु

पुष्पाकुमारी कर्ण

सरलाकुमारी यादव

कलिला खातुन

विरोध खतिवडा

कृष्णलाल महर्जन

भवानी खापुङ

मेटमणि चौधरी