१७ कार्तिक २०८३, मंगलबार

एमालेले अध्यावधिक गर्न आयोगमा पठायो २६० केन्द्रीय सदस्यको सूची

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ भदौ । नेकपा एमालेले २६० सदस्यीय केन्द्रीय कमिटीको सूची निर्वाचन आयोगमा पठाएको छ ।

केन्द्रीय कमिटीको विवरण अध्यावधिक गर्न मंगलबार एमाले केन्द्रीय कार्यालयले आयोगमा सूची पठाएको हो ।

पुनर्स्थापित एमालेमा २६४ जना सदस्य छन् । उनीहरुमध्ये केहीको मृत्यु भएको र केही राजनीतिक नियुक्तिमा गएकाले २६० जनाको विवरण अध्यावधिका लागि आयोगमा पठाइएको हो ।

अहिले आयोगमा एमालेको २०३ केन्द्रीय सदस्यहरुको विवरण मात्र छ ।

त्यस्तै, पार्टीले समानुपातिक ८ सांसदलाई कारबाही गर्ने तयारी गरेको छ ।