
काठमाडौँ, ३२ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप ३ हजार ४५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १० हजार ९३ र एन्टिजेन विधिबाट ५ हजार ५१८ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ४५१ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८ लाख १० हजार ८५३ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ४५८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ८५ हजार १४० जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ जना रहेको छ ।
हालसम्म ३४ लाख ९० हजार ६५ जनाले खोप लगाइसकेका छन् ।
२४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ३२७ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया