
काठमाडौँ, ३२ साउन । सरकारले संसदका चालु दुवै अधिवेशन अन्त्य गरेको छ ।
सोमबारको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेको पत्र पठाएकी छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाउँदै संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको जनाएका हुन् ।
संघीय संसदको दुवै सदनको चालु अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गरिएको हो ।












प्रतिक्रिया