२ कार्तिक २०८३, सोमबार

एमाले नेता ढकालको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने, पत्रकार थपलियालाई २५ लाख

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram-nath-Dhakal1

काठमाडौँ, २७ चैत । स्वाइन फ्लुको संक्रमणले निधन भएका एमाले नेता रामनाथ ढकालको गान्डी अस्पतालको उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले बेहोर्ने भएको छ ।

मन्त्रिपरिषदको बिहीवारको बैठकले ढकालको खर्च बेहोर्ने निर्णय गरेको कान्तिपुर दैनिकमा समाचार छ । स्वाइन फ्लु लगायतका समस्याका कारण ढकालको गत आइतबार निधन भएको थियो ।

मन्त्रिपरिषदले दिल्लीमा उपचाररत पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको शल्यक्रिया सफलताको कामना गरेको छ । छलफल साप्ताहिकका प्रकाशक एवं संपादक गोपाल थपलियालाई २५ लाख रुपैयाँमा नबढ्ने गरी उपचार खर्च बेहोर्ने निर्णय पनि मन्त्रिपरिषद्ले लिएको छ ।