२ कार्तिक २०८३, सोमबार

हाइटीको भूकम्पमा परेर ३ सयभन्दा धेरैको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हाइटी, ३१ साउन । हाइटीमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ३०४ जनाको ज्यान गएको पुष्टि भएको छ । क्यारबियन देश हाइटीमा ११ वर्षपछि गएको शक्तिशाली भूकम्पमा परेर १८ सयजना भन्दा बढी घाइते भएका छन् ।

स्थानीय समय अनुसार शनिबार बिहान हाइटीको पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर ७।२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण सर्वसाधारणका घरसहित ठूलो व्यापारिक भवनहरु तथा चर्च एवम् होटलहरु पनि भत्किएका छन् ।

हाइटीका प्रधानमन्त्रीले भूकम्पका कारण गम्भीर क्षति भएको बताएका छन् । उनले एक महिनाका लागि राष्ट्रिय आपतकाल घोषणा गरेका छन् ।

शनिबार सेन्ट लुइस डू सुड शहर भन्दा १२ किलोमिटर पर केन्द्रविन्दु भएर भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्वेले जनाएको छ ।