
काठमाडौं, २९ साउन । नेपाली सेनाका कायममुकायम प्रधान सेनापति प्रभुराम शर्मा र भारतीय राजदूत विनय मोहन क्वात्राबीच जङ्गी अड्डामा भेटवार्ता भएको छ ।
प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको बताइएको छ ।
यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाइएको छ ।















प्रतिक्रिया