८ कार्तिक २०८३, आइतबार

शेखर कोइरालाले देउवालाई सोधे– प्रधानमन्त्रीज्यू किन मन्त्रिमण्डल विस्तार गर्नुभएन ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोईरालाले प्रधानमन्त्री बनेको महिनादिन बितिसिक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न नसकेकोप्रति ओक्रोश व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाको निजी निवास बूढानीलकण्ठमा आज शुक्रबार जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा कोईरालाले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवामाथि दर्जनौं प्रश्न सोधेका छन् ।

कोइरालाले सरकारको कामकारबाही प्रभावकारी नहुने हो कि भन्ने चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री देउवालाई प्रश्न सोधेका छन्, ‘प्रधानमन्त्रीज्यू महिना दिनसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न किन सक्नुभएन ?’

पार्टी राजनीति र सरकारको नेतृत्व गर्नुपर्दा सरकारको प्रभावकारिता घट्नसक्नेतर्फ चिन्ता व्यक्त गर्दै कोईरालाले भने, ‘तपाईं प्रधानमन्त्री भएको एक महिना भयो । १५ वटा मन्त्रालय नेतृत्वविहीन छ । यस्तो अवस्थाले कसरी जनहितमा काम गर्न सक्छ र सुशासन दिन सक्छ ?’