२ कार्तिक २०८३, सोमबार

इङ्ग्ल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटमा भारतको उत्कृष्ट सुरुवात

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २९ साउन । इङ्ग्ल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटमा भारतले उत्कृष्ट सुरुवात गरेको छ । लर्ड्समा पहिलो दिन सकिँदा भारतले ३ विकेट गुमाएर २ सय ७६ रन बनाएको छ ।

भारतका लागि केएल राहुलले शतकीय पारी खेलेका छन् । राहुलले १ सय २७ रन बनाए थिए । यस्तै भारतका रोहित शर्मा ८३ रन बनाएर आउट भए ।

कप्तान विराट कोहली ४२ रनमा आउट हुँदा चेतेश्वर पुजरा ९ रनमा आउट भए । इङ्ग्ल्यान्डका जेम्स एण्डरसनले २ तथा ओली रोबिनसनले १ विकेट लिए ।

पाँच खेलको टेस्ट श्रृङ्खला अन्तर्गत वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो । पाँच खेलको श्रृङ्खला खेल्न भारत इङ्ग्ल्यान्ड भ्रमणमा छ ।

पहिलो टेष्टमा दुवै टोलीले ढिलो ओभर खेलेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले २र२ अङ्क कटौती गरिदिएको छ भने रेफ्रीले म्याच फि को ४० प्रतिशत रकम जरिबाना तिराएका थिए ।