८ कार्तिक २०८३, आइतबार

अन्तर्राष्ट्रिय युवा दिवसमा एनवाईईएफद्वारा रक्तदान कार्यक्रम आयोजना

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । अन्तर्राष्ट्रिय युवा दिवस (अगष्ट १२, २०२१) को उपलक्ष्यमा नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)ले सात वटै प्रदेशमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा दश वटै च्याप्टरसहित राष्ट्रिय युवा परिषद्को सहयोग र सहभागिता थियो ।

रक्तदान कार्यक्रमअन्तर्गत काठमाडौंमा ८२, चितवनमा ५०, सुर्खेतमा ५१, पोखरामा ७७, रुपन्देहीमा ३० र वीरगञ्जमा ५२ गरी कुल ३४२ जनाले रक्तदान गरेको एनवाईईएफका राष्ट्रिय कार्यसमिति अध्यक्ष उदीप श्रेष्ठले जानकारी दिए ।